माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने मूल समारोह समितिको निर्णय
बुधबार, माघ ७, २०८२
नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’
बिहीबार, माघ १०, २०८१
वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए...
साताको लोकप्रिय

