वैशाख पहिलो सातादेखि हरेक शनिबार असनमा सवारीसाधन निषेध
मंगलबार, वैशाख १, २०८३
यस अभियानअन्तर्गत कामपा-२७ को कमलाक्षी चोकबाट असनसम्म, भोटाहिटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा शनिबार सवारी प्रवेशमा रोक लगाइएको छ । उक्त दिन वैकल्पिक मार्गको व्यवस्था गर्न लागिएको छ ।
रोशी खोलामा पानीको बहाब बढेपछि बिपी राजमार्ग अनिश्चितकालीन बन्द
मंगलबार, चैत १७, २०८२
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा...
पहिरोले मेची राजमार्ग अवरुद्ध
आइतबार, चैत १५, २०८२
अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए। घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
युद्ध असरः त्रिभुवन विमानस्थलबाट मध्यपूर्वमा हुने उडानहरु रद्द
शनिबार, चैत ७, २०८२
विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन्। विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट काठमाडौं आउने उडानहरू पूर्ण रूपमा प्रभावित भएका हुन्।
जनकपुर-जयनगर रेल सेवा तीनदिन बन्द हुने
शुक्रबार, फागुन १५, २०८२
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साबिक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ ।
कान्ति राजमार्ग आजदेखि दुई महिना बन्द
शनिबार, मंसिर २०, २०८२
आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
मंगलबार, कात्तिक २५, २०८२
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
आइतबार, कात्तिक २३, २०८२
भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।
यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता
मंगलबार, जेठ २०, २०८२
मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द
सोमबार, वैशाख २९, २०८२
कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
चिसोले इटहरीमा विद्यालय बन्द
बिहीबार, माघ १०, २०८१
अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
साताको लोकप्रिय

