साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति
आइतबार, माघ १८, २०८२
‘आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका वडा नं २७ भोटाहिटी चोकमा, नेपाल प्रहरीको साइवर व्यूरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै महानगरपालिकाको वडा नं २८ रामशाहपथमा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौँ महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ,’ कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘यो जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइवर ब्युरो रहेको जग्गाको स्वामित्व भएको कम्पनी) र बाँकी जग्गा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यी निर्णयहरू अन्तर सरकार समन्वय, साझेदारिता र सहकार्यका असल अभ्यास हुन् । नागरिक सेवा सहजताका लागि महानगरपालिका आपसी सम्बन्धका निम्ति सदैव तत्पर छ ।’
साताको लोकप्रिय

-1769954866.jpg)