Harsamaya
बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन
मकवानपुरको भिमफेदी–१ बागझोरामा शुक्रबार गएको पहिरो ।

हेटौंडा - त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी–१ बागझोरामा शुक्रबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाउन भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा सफाई कार्य गरिएको हो ।

सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा पहिरोस्थलमै उपस्थित रहेका थिए ।

साथै सहायक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए ।

अहिले अस्थायी रूपमा एकतर्फी मात्र आवागमन सुरु गरिएको छ भने पूर्ण रूपमा दुवैतर्फको यातायात खुलाउन थप काम जारी रहेको जिल्ला प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update