Harsamaya
ब्राउनसुगरसहित भोटेकोशीमा दुईसहित चार जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम र नगद १ लाख ५ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय सोनाम तामाङ, ३३ वर्षीय पुष्प तामाङ, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ बस्ने ३० वर्षीय रोशन आले र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २७ वर्षीय सन्देश अर्याल रहेका छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update