मकवानपुरमा कार्की खोलाले बगाउँदा युवक बेपत्ता, खोजी कार्य जारी

मकवानपुर - मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपरान्ह साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।
स्थानीयवासीका अनुसार खोलामा अचानक पानीको बहाव बढ्दा बोम्जन बगेका हुन् । घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी र जनप्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलास थालेको छ ।
घटनास्थल आसपास खोलाको बहाव तीव्र भएकाले खोजी कार्यमा चुनौती रहेको बताइएको छ । हालसम्म उनी फेला परेका छैनन् र खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय