Harsamaya
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरू पूरा नभएको बताए । 
उनले भने, ‘नेपालमा पैसा नै उठ्दैनन् यति धेरै, राजस्व उठ्दैनन्, पैसा खर्च हुँदैन। मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो । यसले गर्दा नयाँ मन्त्री आएपछि पुरानो योजनामा भएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामा पनि पैसा हाल्ने । योजना टोलैपिछे, गाउँ पिछे राख्ने पूरा कुनै पनि नगर्ने, १०, १५ वर्ष भई सक्यो सक्या हुँदैन ।’ 
यस्तै, उनले संविधानमा आदिवासीहरूको अधिकार भएन भने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुख पनि व्यक्त गरेका छन् । 
उनले भने, ‘अहिले हामी ठूलो चापोमा छौँ । उद्योग थियो अहिले उद्योग नै गरेको छैन। व्यापारमा गयो त्यहाँ पनि राम्रो मान्छे छैन । राजनीतिमा गयो त्यहाँ थोरै थोरै छ, अहिले गुरुङहरू कहाँ छ त, त्यति धेरै लडाई गरेर संविधान ल्यायौँ संविधानमा आदिवासीहरुको अधिकार भएन भनी आन्दोलन गरेका थियौँ । निजामतीमा हाम्रो लागि कोटा निर्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन् । अहिले समय प्रतिस्पर्धाको आयो ।’
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update