Harsamaya
नेफ्टाले भन्यो - प्राविधिकहरूको पारिश्रमिक नदिए काम गर्दैनौं

काठमाडौं - चलचित्र प्राविधिक संघ (नेफ्टा) ले प्राविधिक सदस्यहरूको पारिश्रमिक नदिए काम नगर्ने बताएको छ । संस्थाको शुक्रबार बसेको बैठकले प्राविधिकहरूले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्माता, निर्देशक' कलाकार वा कुनैपनि फिल्म र म्यूजिक भिडियोहरुमा काम नगर्ने निर्णय गरेको हो । 

बैठकले प्राविधिकहरूलाई पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न आव्हान गरेको छ । यदि काम गरेको पाइएमा संघले आगामी दिनमा गर्ने साथ सहयोगमा सोच्न बाध्य हुने नेफ्टाले चेतावनी दिएको छ।            

१० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ भने दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक नदिएको संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update