Harsamaya
कांग्रेस नेता राजु गोर्खाली पक्राउ
नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजु गोर्खाली ।

काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजु गोर्खाली पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार चन्द्रागिरीबाट उनलाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।  जिल्ला अदालत काठमाडौंबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

उनीविरुद्ध १० करोडको चेक बाउन्स गरेको आरोप छ । उनी यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर पछि उनले टिकट भने पाएनन् ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update