ठगीमा संलग्न बलेफी गाउँपालिकाका पुरुषोत्तम पक्राउ

काठमाडौं - ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरुषोत्तम पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।
पुरुषोत्तमले काठमाडौं चावहिल पिपलबोट स्थित पपुलर जब सोलुसन कम्पनी सञ्चालन गरी होटेलमा आवश्यक पर्ने कामदार पठाउने भनी विज्ञापन गरी पेस्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बडेबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय