६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय धुते पक्राउ

रोल्पा - ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोका पक्राउ परेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रोकाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय