Harsamaya
भोलि जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली
मधेश प्रदेश प्रहरी कार्यालय ।

काठमाडौं - मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाम जाने भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम जाने कार्यक्रम तय भएको छ । 

करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।

मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस अघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई दृष्टिगत गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update