पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।
यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय