आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं -आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै छ । हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
यस वर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइँदै छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ०८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय