Harsamaya
रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले सेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाईजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update