आज देखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५

काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।
यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ ०९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय