Harsamaya
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?

काठमाडौं - लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा मध्यम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरी परेपछि सरकारले नै मधेशलाई सुख्खा तथा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोल बजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ ।

महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।

महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update