-1754104061.jpg)
रौतहट - रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ ।
केराको मात्र परिकार पाउने सो रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगलागी भएको हो ।
बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन् ।
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।
यी सामनहरु काम नै नलाग्ने गरि जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको रिसोर्टका संचालक गुप्ताले बताए ।
आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय , नेपाल प्रहरी , सशस्त्र प्रहरी र बरुण यन्त्र ( दमकल ) घटनास्थलमा पुगेको थियो । अहिले आगलागी नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ ।