Harsamaya
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुपाल्चोकको अध्यक्षमा विजय नेपाल 
अध्यक्ष विजय नेपाल, उपाध्यक्ष मानकाजी तामाङ, सचिव सागर खड्का र कोषाध्यक्ष प्रेम लुङबा ।

सिन्धुपाल्चोक - राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुपाल्चोकको प्रथम भेलाले पाँच सदस्यीय कार्यसमिति चयन गरेको छ ।  शुक्रबार चौतारामा भएको भेलाले विजय नेपालको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गरेको हो ।   

उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लुङबा र सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन् । 

भेलाले जिल्लामा फोटो पत्रकारिताको सुदृढीकरण, फोटो पत्रकारहरूको पेशागत हकहित र क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update