ईन्दावती क्रसर उद्योगबाट चोरी भएको सामान फिर्ता

सिन्धुपाल्चोक - ईन्दावती गाउँपालिका–११ मा सञ्चालित अविरल ईन्दावती क्रसर उद्योगबाट चोरी गरिएको सामान फिर्ता गरिएको छ।
गत असार ८ गते मेलम्ची नगरपालिका–१३ का विनोद श्रेष्ठले क्रसर उद्योगबाट चोरी गरेको कोन बेल्ट ईन्दावती गाउँपालिका–१० मा रहेको एस.के. बालुवा उद्योग प्रालिमा फेला परेको हो।
सो विषयमा इलाका प्रहरी कार्यालय नवलपुरमा पीडित र आरोपित पक्षबीच छलफल भई १५ दिने सहमति भएपछि २०८२ असार १४ गते आरोपी विनोद श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको उपस्थितिमा भीमटार प्रहरी चौकी देउरालीलाई जानकारी गराई क्रसर उद्योगका इन्चार्ज नरेन्द्र श्रेष्ठले सामान बुझिलिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ २१:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय