Harsamaya
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो
ग्राफिक्स: हर समय/Har Samaya

काठामाडौं -आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नाराका साथ बाघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम् पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरूको तय गरिएको छ ।

विशेषतः बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

नेपालले वि सं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटे बाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

तर अहिले २०२५ सम्म आउँदा बाघको सङ्ख्या वृद्धि भई ३ सय ५५ पुगेको छ । यसका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहरूको पनि निकै पहल गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update