काठमाडौं - दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् ।
बाँस र स्थानीय उत्पादनको प्रवद्र्धनमा संघीय सरकारले ऐन तथा कानुन नबनाएको भन्दै सांकेतिक रुपमा सत्याग्रह र भोक हड्तालसम्मको कार्यक्रमसहित काठमाडौंमा रहेका प्रमुख भट्टराईले बुधबार सभामुख देवराज घिमिरेलाई भेटेर बाँसका सामग्री हस्तान्तरण गरेका थिए ।
बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा रावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे ।
‘तपाईहरुको विचार एकदमै राम्रो र पवित्रपनि रहेछ । हामीले बाँसलाई माध्यम बनायौँ भने हस्तकलालाई समृद्ध बनाउन सक्छौँ । बाँसबाट बनेका जुन सामाग्रीहरु छन् ति बहुउपयोगी छन् । बाँसबाट बनेका सामाग्रीलाई प्रवद्धर्न गर्न सक्यौं भने रोजगारी, राजस्व, प्राकृतिक विपत्तिका रोक्ने कुराहरुमा सहयोग पुर्याउन सकिन्छ । वन तथा वातावरण पर्यावरण अहिले तहस नहस बनाएको छ । अहिले गुणस्तरीय वस्तुमा सबै प्रदुषित बढेको छ । वनस्पतिदेखि मानिसको जीवन जोगाउन बाँसको आवश्यक छ,’ उनले अगाडि भने,‘बाँसको प्रयोगले ठाँउ अनुसार विभिन्न किसिमका सामाग्रीहरु बनाउन सकिन्छ । ’