Harsamaya
बुदोकैदो टोली आज अजबैजान जाने
विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अजरबैजानको बाकु जाँदै छ । 

काठमाडौं - विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाँदै छ । 

७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको हो । 

साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्ने छन् । महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update