Harsamaya

काठमाडौं - साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । 

च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बङ्गलादेशसँगको खेलमा हार व्यहोर्नुपर्दा दुःख लागेको बताइन् । छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने आफ्नो टार्गेट रहेको पनि उनले सुनाइन् । उनले भनिन्,‘धेरै मेहेनतका साथ खेलेका हौँ । आफ्नो तर्फबाट सक्ने जति गरेँ ।  । त्यसैमा खुसी छु । नमिठो हार व्यहोर्नु पर्दा दुःख लागेको छ । तर मेरो टार्गेट भनेको छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने नै हो ।’ 

उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बङ्गलादेशसँग पराजित हुन पुगेको पनि बताइन् ।बङ्गलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update