Harsamaya

काठमाडौं - नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले बिपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारिक सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार काठमाडौंमा बिपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुद पनि बिपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे । 

उनले भने,‘बिपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्त्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरूको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’

त्यस्तै उनले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे । उनले भने,‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुचि होला त भनेर । राजनीति भनेको अन्यौलता रहेछ । सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर । जसले त्यसमा रमाउन सक्छ, उसले नै राजनीति गर्ने हो रहेछ ।’ 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update