Harsamaya
दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं - काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ । गएराति  ज्याठास्थित एक होटेलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।  सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटेलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए। प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ।  सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो। सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update