Harsamaya
बागमती र गण्डकीमा ठूलो पानी पर्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। 

बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। 

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभर मौसम बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा त बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ भने देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update