Harsamaya
आज सुनको मूल्यमा सामान्य वृद्धि
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भई १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो । 


 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update