Harsamaya
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ।

काठमाडौं - मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । 

बलात्कार आरोपमा आइतबार काठमाडौंबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । 

२३ वर्षीया युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौंस्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update