Harsamaya
श्रीलंकाविरुद्ध नेपाललाई ५–० को अग्रता
नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकाविरुद्ध ५-० को अग्रता बनाएको छ । 

काठमाडौं - नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकाविरुद्ध ५-० को अग्रता बनाएको छ । 

मंगलबार बंगलादेशमा जारी खेलमा मध्यान्तरसम्म नेपालले ५-० को अग्रता बनाएको हो

नेपालकालगि मीना देउवा र पूर्णिमा राईले समान दुई गोल गरे भने समीक्षा मगरले एक गोल थपिन् । 

यसअघि दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।

प्रतियोगिताको उपाधि सम्भावना कायम राख्न नेपाललाई प्रतियोगिताका सबै खेलमा जितको आवश्यकता छ । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update