Harsamaya

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सकेमात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् । 

उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महँगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’

उनले व्यवसायको औपचारीकरण अव विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भइरहेको बताए  । 

‘हामीले दिने सुझाव, नीतिनिर्माणमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाइ भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गइरहेको छ जून निजी क्षेत्रका लागि खुसीको खबर हो,’उनले भने ।  

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update