
काठमाडौं - नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बङ्गलादेशलाई २-२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भएको हो । पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औँ मिनेटमा बङ्गलादेशले अग्रता बनायो । सिना जहान शिखाले गोल गरिन् । डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई गोल गरेकी हुन् ।
यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औँ मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रस बारमा लागेर फर्कियो ।३६ औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।
नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याइन् । तर बङ्गलादेशले इन्ज्युरी समयको १२ औँ मिनेटमा विजयी गोल गर्यो । श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।