Harsamaya
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह ।

जनकपुर - मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नुहँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत  मन्त्रिपरिषदले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update