Harsamaya
रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्धार
रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरूको उद्धार ।

काठमाडौं - नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरूको उद्धार गरिएको छ । 

नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ । 

रसुवागढीमा दुई देश जोड्ने मितेरी पुल बगाएको बगाउँदा व्यापारिक सम्बन्ध विच्छेद भएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update