
काठमाडौं - कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक २७ सय बिन्दुमै स्थिर रहेको छ ।
यस अघि बिहीबार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर खरिद विक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद विक्री भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स आज ०.६७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अंकले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
यस दिन गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन् । यस दिन नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
यस दिन गुडविल फाइनान्स, ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । गुडविल फाइनान्सको सेयर मूल्य १२७.३० रुपौयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य पनि क्रमश १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।