काठमाडौं - ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।
शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरूको छलफलले विशेष छानबिन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरू नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विधेयकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।
‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरू नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विधेयकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा त्रुटि भएको भन्ने कुरालाई संसदीय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारित चैँ २३ गतेको संसद बैठकबाट हुन्छ,’उनले भने ।