टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं - एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ ।
आजको खेलमा सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो ।
उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो । यसपाली पनि उपाधि हासिल गर्नको लागि नेपाली टोली लागेका छन् ।
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ ०९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय