ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ

झापा - ब्राउनसुगरसहित झापा प्रहरीले चार जना पक्राउ गरेको छ । भद्रपुर नगरपालिका वडा नं. ७ आनिमार्गमा बाग्मती प्रदेश ०१- ०२५च ०८७७ नं. को ह्युन्डाई कम्पनीको क्रेटा कारलाई रोकी चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्रामसहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षाीय सजिन तामाङ, ३३ वर्षीय दिपेश लामा र २३ वर्षीय राम तामाङ रहेका छन् । उनीहरुको साथबाट पाँच थान मोबाइल सेटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय