Harsamaya
कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

विराटनगर - कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो ।

प्रदेश सरकारले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

राजस्व स्रोतका हिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने र १२ अर्ब ३९ करोड राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ ।

बजेट पारित भएसँगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरूलाई धन्यवाद दिएका छन् । ‘सम्पूर्ण माननीय सदस्य प्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु,’उनले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update