Harsamaya
आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु
आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु ।

जनकपुर - जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।आज देखि सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update