Harsamaya

काठमाडौं - गायक रबिन बर्तौलाको प्रस्तुति र गायिका अन्नु चौधरीको मिठासपूर्ण स्वरमा सजिएको नयाँ नेपाली संगीत भिडियो ‘तिमीलाई हिँड्ने बाटो’ सार्वजनिक भएको छ। हरेक मन छुने शब्द र सुरले भरिएको यो गीतले दर्शक तथा श्रोताको हृदय छुने विश्वास गरिएको छ।

गीतको संगीत र शब्द अर्जुन पोखरेलले तयार पारेका हुन् भने पुरुषोत्तम सुवेदीको संगीत संयोजन, नरेश (बीबीसी स्टुडियो ए प्लस) को मिक्सिङ र माष्टरिङले गीतलाई अझ सशक्त बनाएको छ।

भिडियोको निर्देशन र कोरियोग्राफी निर्देशक केशव राज भट्टले गरेका छन् । यस भिडियोमा रबिन बर्तौला र जुना कार्कीले अभिनय गरेका छन् । जसले गीतको भावनात्मक कथा जीवन्त बनाएका छन्।

दृश्य सम्पादन र रंग संयोजन राकेश दाहालले गरेका छन् भने क्यामेरामा विशाल थापा, मेकअपमा अरुणा मगर, वार्डरोब सम्हाल्न सम्झना बुटिक तथा प्रोडक्सन म्यानेजरका रूपमा सुर्य ओलीको योगदान रहेको छ।

गीतको केही मार्मिक पंक्तिहरू यसप्रकार छन्:
‘तिमीले हिड्ने बाटो
मैले मात्रै देख्न पाऊँ जस्तो हुन्छ
तिमीले टेकेको माटो
मैले मात्रै टेक्न पाऊँ जस्तो हुन्छ...’

७ महिनाअघि यसै गीतको पुरुष संस्करण सार्वजनिक भइसकेको थियो, जसले राम्रो चर्चा पाएको थियो। अब भने २०८२ सालको यो नयाँ महिला संस्करण यूट्युबमा उपलब्ध छ, जसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update