Harsamaya
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ  ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ  ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ  ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update