Harsamaya
आज विश्व संगीत दिवस मनाइँदै
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - आज संसारभर विश्व संगीत दिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा संगीत दिवस मनाउन थालिएको हो ।

विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ । 

संगीत एउटा विश्वव्यापी भाषा हो । नेपाल बहुजाती, भाषा, धर्म अनि संस्कृति भएको देश हो । यहाँ मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिकता थप्ने बाजाहरू आज पनि बजाइन्छन् । 

यस वर्षको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।


 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update