Harsamaya
सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो : हितराज पाण्डे
नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डे ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन् ।

उनले भने,‘सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर देखिएको छैन । सरकार बोल्छ एकातिर व्यवहार अर्को देखाउँछ । संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् ।’

साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए । 

संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।

 


 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update