Harsamaya
आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनकालागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियम आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update