-1750212494.jpg)
काठमाडौं - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
यो जितसँगै नेपालले दुई अङ्क जोडेको छ । समान एक खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान दुई अङ्क जोडेका छन् ।