Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  आज दिउँसो १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । 

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । अजै सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची तय गरिएको छ । तर प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update