
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ रुपैयाँ २३ पैसा, बहराईन दीनार एकको खरिदमा ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।