आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।
बैठक सोमबार दिनको १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।
आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ०७:३७
प्रतिक्रिया दिनुहोस्