Harsamaya
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोली।

काठमाडौँ - आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ।

स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् ।

खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update